झापाको गौरीगञ्जबाट विष्फोटक पदार्थ पटका बरामद

झापा, १५ कात्तिक । झापाको गौरीगञ्ज गाउँपालिका–४ स्थित हुक्कागाछीको एक घरबाट रु तीन लाखभन्दा बढीको प्रतिबन्धित पटका बरामद गरेको छ ।
गौरीगञ्ज स्थित सशस्त्र सीमा सुरक्षा प्रहरी बलका गस्ती टोलीले उक्त परिणामकाे पटका बरामद गरेको हाे ।
सीमा सुरक्षा बलका प्रहरी नायब उपरीक्षक विष्णुहरि घिमिरेको कमाण्डमा खटिएको टोलीले आज बिहान ८ बजे स्थानीय कारी अन्सारीको घरमा छापा मारी तीन बोरा पटका र एक बोरा बिडी र चुरोट बरामद गरेको हो ।
तिहार आइरहहेको बेला आतसबाजीका लागि पटका भित्रिन सक्ने भन्दै प्रहरीले त्यसविरुद्ध कडाइ गरेको छ ।