नेकपा (एमाले)को चियापान सुरु हुनु अघिका २३ तस्बिर
ललितपुर, १५ कात्तिक । नेकपा (एमाले)ले आज चियापान कार्यक्रमको आयोजना गरेको छ । एमाले मुख्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट आयोजना गरिएको चियापान कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, राजनीतिक दलका प्रमुख, नेताहरू, संवैधानिक निकायका प्रमुखहरू, राजदूत, सुरक्षा निकायका प्रमुखदेखि पत्रकारसम्मलाई निम्ता गरिएको छ ।
दसैँ, तिहार, छठलगायत पर्वहरूको अवसरमा आयोजना गरेको कार्यक्रममा विहानैदेखि भीड लागेको छ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीप ज्ञवाली, विष्णु रिमाललगायतका नेताहरु च्यासल पुग्नु भएको छ ।