सर्वोच्चले रिगल विरूद्धको मुद्दामा आज निर्णय गर्ने

काठमाडाैं, १६ कात्तिक । योगबहादुर ढकाल (रिगल)काे आममाफी विरूद्धको मुद्दामा सर्वोच्च अदालतले आज निर्णय सुनाउँदैछ।

संविधान दिवसको दिन सरकारबाट बाँकी कैद मिनाह पाएर छुटेका रिगल भनिने ढकाल विरूद्धको मुद्दामा सर्वोच्च अदालतमा बुधबार दुबै तर्फको बहस सकिएपछि कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्‍ल र कुमार चुडालको इजलासले आज निर्णय सुनाउन लाग्नुभएकाे हाे ।

चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगलले सरकारबाट बाँकी कैद माफी पाएका थिए। बाँकी कैद माफी पाएर रिगल संविधान दिवसको दिन छुटेका थिए।

त्‍यस निर्णयविरूद्ध चेतन मानन्धरकी श्रीमती भारती मानन्धर शेर्पाले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

२०७२ असार २८ गते नेपालगञ्ज-८ का २९ वर्षीय चेतन मानन्धरमाथि दिउँसै धम्बोजी चोक नजिकै खुँडा प्रहार गरी हत्या गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *