सरकारले जाजरकोट भूकम्पका मृतक परिवारलाई २ लाख का दरले राहत दिने
काठमाडौं । सरकारले जाजरकोट भूकम्पमा मृत्यु भएका परिवारलाई दुई लाख रूपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेकाे बैठकले उक्त निर्णय गरेको हो ।
सरकारले भूकम्पमा परी घाइतेहुनेहरूकाे निःशुल्क उपचार गर्ने निर्णयपनि गरेकाे छ । साथै प्रभावित परिवारलाई अस्थायी आवास र सुरक्षा प्रबन्ध मिलाउने निर्णय पनि गरेको छ ।
शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा मात्रै १५७ जनाको मृत्यु भइसकेको छ भने १८५ बढी घाइते उपचाररत छन् ।