सप्तरीबाट पाँच राउण्ड गोली र लागूऔषधसहित दुई जना पक्राउ

काठमाडाैं, २२ कात्तिक । सप्तरीकाे खडक नगरपालिका-११ बनौलीबाट पाँच राउण्ड गोली र लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका-२ बस्ने १९ वर्षीय धर्मजित कुमार यादव र सप्तरी खडक नगरपालिका-११ बनौली बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

प्रहरीले उनीहरूकाे साथबाट थ्रिनटथ्री राइफलको गोली ५ राउण्ड, अवैध लागूऔषध गाँजा करिब २० ग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट २ ट्याब्लेट बरामद गरेकाे ईलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएकाे छ ।

प्रहरीका अनुसार धर्मजितलाई ५ राउण्ड गोली र किशोरलाई लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *