टिकटकमा भएकाे विवादका कारण युवककाे हत्या, ७ जना प्रहरी नियन्त्रणमा
कैलाली, २३ कात्तिक । टिकटकमा भएकाे विवादका कारण एक युवकाे हत्या आराेपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
अछामको पञ्चदेवल विनायक नगरपालिका- ८ का १८ वर्षीय दीपेन्द्रबहादुर शाहीमाथि ११ गते ढुङ्गा प्रहार गरेर हत्या गरेकाे आराेपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका शाहीको १७ गते कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्याको आरोपमा छिमेकी ३० वर्षीया लक्ष्मी सुनारलाई काठमाडौंबाट पक्राउ गरेको छ । उनीसहित अहिलेसम्म ७ जना पक्राउ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।
पाठककाअनुसार टिकटकमा भएको विवादका कारण युवकको हत्या गरिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
उहाँका अनुसार टिकटकमा भएको विवाद बढ्दै गएपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएपनि थप अनुसन्धान र बयान बाँकी छ ।