स्वयम्भूबाट भारी मात्रामा  पटाकासहित एक जना पक्राउ

काठमाडाैं, २४ कात्तिक । काठमाडौं महानगरपालिका-१५ स्वयम्भूबाट ११ हजार ७ सय ८० थान पटाकासहित एक जना पक्राउ परेका छन् ।

बर्दिया राजापुर नगरपालिका-६ घर भइ स्वयम्भूमा डेरा गरी बस्ने २९ वर्षीय महेश परियारलाई विभिन्न किसिमका पटाका ११ हजार ७ सय ८० थानसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको हाे ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई उक्त पटाकासहित पक्राउ गरेको जनाएकाे छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।