बालिका बलात्कार गरेकाे आरोपमा बालक पक्राउ

बैतडी, २५ कात्तिक । बैतडीमा बालिका बलात्कार गरेकाे आरोपमा एक बालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बैतडीको शिवनाथ गाउँपालिकाका १३ वर्षीय बालक रहेका छन्।

पक्राउ परेका ती बालकले ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ।

शुक्रबार बाख्रा चराउन जंगलमा गएका बेला नाबालिकालाई बलात्कार गरेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *