शैक्षिक भ्रमणका विद्यार्थी बोकेर कन्याम हिँडेको बस दुर्घटना, ३६ जना घाइते
विराटनगर, ३ मंसिर । शैक्षिक भ्रमणका विद्यार्थी बोकेर कन्याम हिँडेको बस दुर्घटना भएकाे छ । विद्यार्थी बोकेकाे बस मेची राजमार्गमा पर्ने लसुनेमा भीरबाट तल खसेर दुर्घटना भएकाे हाे ।
दुर्घटनामा ३६ यात्रु घाइते भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । धनुषाको धनुषाधाम नगरपालिकाबाट विद्यार्थी बोकेर आएको ना ६ ख ८४२४ नम्बरको बस फर्किएर घर जाँदै गर्दा लसुनेमा राजमार्गबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएकाे छ ।
बसमा सवार ३७ मध्ये ३६ जना घाइते भएकाे र घटनास्थलमा उद्धार कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ ।
घाइतेहरूको अवस्था के कस्ताे छ अहिले नै भन्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ