जाजरकोटमा चिसोले कठ्याङ्ग्रिएर आठ भूकम्प पिडितकाे मृत्यु
जाजरकोट । जाजरकोटमा भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका आठ भूकम्प पिडितकाे कठ्याङ्ग्रिएर मृत्यु भएका छन् ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार दीर्घ रोगी तथा बिरामी भएका भूकम्प पिडितहरूकाे चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको हाे ।
त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घ रोगी र वृद्ध वृद्धा बढी प्रभावित भएका छन्। बालबालिका र वृद्ध वृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएकाे छ ।
त्रिपालमुनिको बसाइका कारण बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ ।
दीर्घ रोगी तथा बढी बिरामी भएकाहरू चिसोका कारण थप समस्यामा परेका छन् ।
अहिले सम्म आठ जानको मृत्यु भइसकेको जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माले जानकारी दिनुभयाे ।
यसअघि गत साता नलगाड भेरी र बारेकोटमा गरी चिसोका कारण सातजना दीर्घरोगीको ज्यान गएको थियो । त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोको कारण भूकम्प प्रभावितहरू बढी समस्यामा रहेको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताउनुभयाे ।