अवैध लागूऔषध कोकिनसहित भारतीय महिला पक्राउ

काठमाडौं, ५ मंसिर । अवैध लागूऔषध कोकिन १ किलो ९ सय ७३ ग्रामसहितमा भारतीय नागरिक ३२ वर्षीया किमरोसाङगीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

हिमालय एयरलाइन्सबाट दोहा हुँदै काठमाडौं आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा प्रहरीले जाँच गर्ने क्रममा सुटकेसमा फल्स बटम बनाई लुकाई ल्याउँदै गरेको उक्त कोकिनसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।