बीबीसीको विश्वका प्रभावशाली १०० महिलाको सूचीमा नेपालकी रुक्शाना कपाली

काठमाडौं, ५ मंसिर । बीबीसीले सन् २०२३ का लागि विश्वका प्रभावशाली १०० महिलाको सूची सार्वजनिक गरेको छ ।

बीबीसीले सार्वजनिक गरेकाे १०० महिलाको सूचीमा नेपालकी रुक्शाना कपालीसमेत परेकी छिन् ।

बीबीसीका अनुसार ट्रान्सजेन्डर मानवअधिकारका पक्षमा आवाज उठाउने उनलाई नेपालमा एलजीबीटीक्यूं समुदायको कानुनी तथा संवैधानिक अधिकारको क्षेत्रमा सक्रिय रहेकाले प्रभावशाली महिलाको सूचीमा समेटिएको हो ।

कानुनको विद्यार्थी उनी लैंगिक, यौनिक तथा अल्पसंख्यक समुदायको कानुनी तथा संवैधानिक अधिकारको लागि काम गर्दै आएकी छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *