टिकटक प्रतिबन्धविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार, सरकारसँग कारण माग
काठमाडाैं, ५ मंसिर । सरकारले टिकटकमाथि प्रतिवन्ध गरेको विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश विनोद शर्माको इजलासले रिट निवेदकको माग अनुसार सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।
सर्वोच्चले मुद्दालाई मंसिर १९ गते पूर्ण सुनुवाइका लागि पेश गर्न पनि आदेश दिएको छ । कात्तिक २७ गते बसेकाे मन्त्रिपरिषद्को बैठकले टिकटक नेपालमा बन्द गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध सर्वोच्चमा दर्जन बढी रिट परेको थियो ।