भरतपुरमा भेटियो बोराभित्र महिला र पुरूषको शव
चितवन, ६ मंसिर । चितवनकाे भरतपुर बोराभित्र पोको पारेको अवस्थामामा दुइटा शव फेला परेको छ।
भरतपुर महानगरपालिका–१२ मिलनचोकमा राजमार्ग निजकै पुलमुनि दुईवटा बोरामा महिला र पुरुषकाे शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितका अनुसार बुधबार दिउँसो शव फेला परेको हो।
प्रहरीका अनुसार मृतकको उमेर अन्दाजी ३०/३५ वर्षको देखिएकाे छ भने शवकाे सनाखत हुन सकेकाे छैन । प्रहरीले घटनाबारे अनुसन्धान सुरू गरिएको जनाएको छ।