तीनकुनेको अभियान ‘राजतन्त्रको प्रेत’लाई धूपधुवाँर गर्ने जुझारु आन्दोलनः महेश बस्नेत
काठमाडौं, ७ मंसिर । युवा संघ नेपाल र अनेरास्ववियुले आज काठमाडौंको तीनकुनेमा युवा–विद्यार्थी विशेष कार्यक्रम गर्दैछ । उक्त कार्यक्रममाइतीघर मण्डलामा गर्ने भनिए पनि एकै समयमा दुई फरक कार्यक्रम गर्ने भनेपछि त्यो ठाउँमा प्रशासनले निषेधाज्ञा जारी गरेसँगै कार्यक्रम तीनकुनेमा गर्ने तयारी भएको हो ।
अहिले उक्त विशेष कार्यक्रमको नेतृत्व गर्नुभएका युवा संघका पूर्वअध्यक्ष समेत रहनु भएका एमालेका युवा नेता महेश बस्नेतले जनतामा जनजिविकाका मुद्धाहरु, जनतामा परेका शोषण, दमन र उत्पिडनमा मुद्धाहरु, सरकारले गरेका ज्यादतीलगायतका विरुद्धमा कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो ।
उहाँले समाजका सामान्तवादी नोकरशाहीहरुका विरुद्धमा नेपालका राजनीतिक दल र त्यसका भ्रातृ संगठनहरु बोलेनन् र त्यस्ता तत्वकाविरुद्धमा केही गतिविधि पनि गरेनन् भन्ने मनोविज्ञान पैदा भएको अवस्थामा आफूहरुले यस्तो कार्यक्रमको आयोजना गर्न लागेको पनि जानकारी दिनुभयो ।
उहाँले आज आज बिहानको र्याली रोयल बैंकेट नजिकै भेला भएपछि सुरु गर्ने तयारी भएको जानकारी दिनुभयो । ‘सकेसम्म हामी ट्राफिक जाम नगर्ने प्रयास गरिरहेका छौँ,’ उहाँले भन्नुभयो, ‘हाम्रो उपस्थितिकै कारण अनावश्यक ट्राफिक जाम नहोस् भन्ने उदेश्यले सकेसम्म त्यसमा ध्यान दिएकार कार्यक्रम गर्ने तयारी भएको छ ।’
‘सकेसम्म हामी ट्राफिक जाम नगर्ने प्रयास गरिरहेका छौँ,’ उहाँले भन्नुभयो, ‘हाम्रो उपस्थितिकै कारण अनावश्यक ट्राफिक जाम नहोस् भन्ने उदेश्यले सकेसम्म त्यसमा ध्यान दिएकार कार्यक्रम गर्ने तयारी भएको छ ।’
उहाँले विमानस्थलबाट कोटेश्वर र बालकुमारीबाट काठमाडौंतर्फ जाने सडकलाई सकेसम्म अवरोध नगर्ने तयारीमा रहेको पनि जानकारी दिनुभयो । ‘हामी सकेसम्म मिनभवनबाट बानेश्वर जाने सडक पनि खुला गर्नेसम्मको तयारीमा छौँ,’ उहाँले भन्नुभयो, ‘हामी ११ बजेबाट भेला भएर १२ बजे नाराजुलुसहित तीनकुने परिक्रमा गरेर वागमती पुलसम्म पुग्छौँ । हामी निषेधित क्षेत्र तोड्दैनौं । १ बजेसम्मको जुलुसपछि हामी त्यसलाई सभामा परिणत गर्छौ । करीब तीन बजेसम्म कार्यक्रम सम्पन्न गर्ने तयारी छ ।’
उहाँले सकेसम्म वक्ताहरु पनि कम राख्ने तयारी भएको जानकारी दिनुभयो । ‘कार्यक्रम हामी एकदम जुझारु बनाउँछौँ । प्रतिरोधी बनाउँदैनौँ,’ उहाँले भन्नुभयो, ‘समाजमा नकारात्मक ढंगले आतंक सिर्जना गरेर अराजकता र अपराधिक गतिविधि बढेको अवस्थामा हामीले आन्दोलनलाई जुझारु बनाउनुपर्ने भएकाले यो तयारी गरेका हौँ ।’
उहाँले अराजकता र अपराधिक गतिविधिले लफङ्गाहरुले फाइदा लिएको भन्दै त्यसैको आडमा राजतन्त्र फर्काउने पुनरुत्थानवादीहरुले शीर उठाउने हर्कत गरेकाले त्यस्ताहरुलाई कमजोर बनाउन र लोकतन्त्रवादीहरुमा सकारात्मक उर्जा दिने उदेश्यले पनि अभियान अघि बढाएको उहाँको भनाइृ छ । ‘हामी आतंक सिर्जना गर्ने पक्षमा छैनौँ,’ उहाँले भन्नुभयो, ‘समाजमा बोक्सी, डंकिनी, भूतप्रेत आउँदा धूपधुवाँर गरेर भगाउने र सकारात्मक उर्जा पैदा गर्ने चलन छ । हामीले पनि राजतन्त्रको प्रेतलाई धूपधुवाँर गरेर गणतन्त्रवादीहरुमा सकारात्मक उर्जा पैदा गर्ने उदेश्यले यो अभियान सुरु गरेका हौँ ।’
उहाँले त्यसले समाजलाई ठीक ठाउँमा लैजाने र व्यवस्थालाई पनि सहि दिशामा लैजानुका साथै सरकारले गरेको महंगी, भ्रष्टाचार, अनियमितता जस्ता कुराको अन्त्यका लागि सरकारको कानमा झिर हाल्ने काम यो अभियानले गर्ने बताउनुभयो ।