काठमाडाैंकाे चन्द्रागिरिबाट लागुऔषधसहित दुईजना पक्राउ
काठमाडाैं, १२ मंसिर । काठमाडाैंकाे चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वान्टबाट लागुऔषध खैरो हेरोइन करिब नौ ग्राम ५० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरिएको छ ।
झापाको बुधबारे गाउँपालिका– ५ का ३० वर्षीय सन्तोष तिवारी र सोही गाउँपालिका–३ का ३९ वर्षीय हरिबहादुर विकलाई लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।
भद्रपुरबाट काठमाडौँ आइरहेको बसलाई प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट संयुक्त रूपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई अन्डरवेयरभित्र तीन वटा पोकामा लुकाइ ल्याएको उक्त पदार्थसहित पक्राउ गरेको जनाएकाे छ ।