लागू औषधको मुद्दा मिलाइदिने भन्दै घुस लिँदै गर्दा मैनापोखरमा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउद पक्राउ

काठमाडौं, १२ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बढैयाताल गाउँपालिका मैनापोखरीमा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउदलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ ।

आयोगले प्रहरी नायब निरीक्षक साउदले लागू औषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको अवस्थामा आयोगको नेपालगञ्जबाट गएको टोलीले पक्राउ गरेको हो ।

आयोगले साउदलाई रु ३० हजार रूपैयाँ घुस लिँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय मैनापोखरीबाट आज पक्राउ गरेको हो ।

आरोपी प्रनानी साउदमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।