रसुवामा छोराको कुटपिटबाट बुबाको हत्या

रसुवा, १५ मंसिर । रसुवाकाे उत्तरीभेगमा गए राति छोराले कुटपिट गरी बुबाको हत्या गरेका छन् ।

जिल्ला प्रहरी प्रमुख सुवास बुडाथोकीका अनुसार गोसाइँकुण्ड गाउँपालिका-५ सानुभार्खु निवासी अन्दाजी ४० वर्षीय गोपाल तामाङले ६५ वर्षे बुबा छेवाङ तामाङलाई लाठीले टाउकोमा हिर्काइ हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हो ।

निजले मादक पदार्थ सेवन गरेकै कारण बुबालाई कुटपिट गरेको र वृद्धको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले शव परीक्षणका लागि रसुवा अस्पताल पुर्याइएको र छोरालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *