‘समृद्धिका लागि संकल्प यात्रा’ लिएर एमाले आज कर्णाली प्रदेश पुग्दै
काठमाडौं, १७ मंसिर । ‘समृद्धिका लागि संकल्प यात्रा’मा निस्किएकाे नेकपा एमालेकाे चौथो दिन आज सुदूरपश्चिमको यात्रा सकेर कर्णाली प्रदेश प्रवेश गर्दैछ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकाे नेतृत्वमा निस्कनुभएकाे यात्रा हिजाे सुदूरपश्चिमको यात्रा सकेर अछामको मंगलसेनमा बास बस्नुभएकाे थियाे भने आजदेखि कर्णाली प्रदेश प्रवेश गर्दै हुनुहुन्छ ।
अछामको मंगलसेनबाट तय भएकाे आजकाे यात्रामा कर्णाली प्रदेशको दैलेख जिल्ला स्थित राकममा पुगेर बिहानको खाना खाने योजना रहेको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयाे ।
गौतमका अनुसार आज अध्यक्ष केपी शर्मा ओलीसहितकाे टाेली बिनायक, राकम, जम्बुकाँध र भगत्रामा भेटघाट हुनेछभने दिउसो दैलेख बजारमा आमसभाको तयारी गरिएको छ । टाेली आमसभा सकेर दैलेख बजारमा बस्ने तयारी भएकाे गौतमले जानकारी दिनुभयाे ।
नेकपा एमालेले मंसिर १४ गते देखि मध्यपहाडी राजमार्गको पश्चिमी प्रस्थान विन्दु बैतडीको झुलाघाटबाट यात्रा सुरु गरेको थियो।