चरेश र अफिमसहित बाँकेकाे कोहलपुरबाट दम्पती पक्राउ

बाँके, १७ मंसिर । कोहलपुर नगरपालिका-८ पिपिरीबाट अवैध लागूऔषध चरेस १२ केजी ७ सय ४ ग्राम र अफिम २ केजी ४५ ग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय रेवन्त राना र उनकै श्रीमती ३३ वर्षीया कबिता थापा रहेका छन् ।

उनीहरुले लागूऔषध कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको घर, कार तथा सोही ठाउँस्थित यज्ञ रानाको खाली घरमा समेत उनीहरूले लुकाई राखेको उक्त परिमाणको लागूऔषधसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *