नागढुंगाबाट २ किलो सुनसहित तीन जना पक्राउ
काठमाडौं, २२ मंसिर । काठमाडौंको नागढुंगाबाट दुई किलो सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नागढुंगबाट दुई किलो सुनसहित तीन जनालाई गरेको हो ।
नागढुंगामा गएराति दुई किलो सुनसहित तीनलाई पक्राउ गरेको उपत्यका प्रहरी कार्यालयका एआइजी दीपक थापाले जानकारी दिनुभयाे ।
सुन रसुवा नाकाबाट भित्र्याइएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पिकअप स्कार्पियोको गियर बक्समा लुकाएर उक्त सुन ल्याएको प्रहरीले जनाएको छ ।
