विराटनगरका एक युवकमाथि सीमाक्षेत्रमा गाेली प्रहार

विराटनगर, २५ मंसिर । विराटनगरका युवकमाथि गाेली प्रहार भएको छ । विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि आइतबार साँझ भारतीय सीमाक्षेत्र जाेगबनीमा गाेली प्रहार भएको हाे ।

गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिनुभयाे ।

संग्रौलाको वायाँ तिघ्रामा गाेली लागेकाे छ । विराटनगर–१६ दक्षिण गेटदेखि पारी भारतीय भूमिमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियाे ।

उपभोग्य खाद्यवस्तु खरिदका लागि भारतको जोगबनी पुगेर फर्कने क्रममा आफूमाथि गाेली प्रहार भएको संग्रौलाले बताएका छन् ।