पशुपति, गलेश्र्वर र देवघाटलगाएतका शिवालयमा शतबीज छर्ने भक्तजनको घुइँचो (तस्बिरहरू )
काठमाडाैं, २५ मंसिर । बाला चतुर्दशीको अवसरमा काठमाडाैंकाे पशुपति, म्याग्दीकाे गलेश्र्वर र तनहुँको देवघाटधामलगाएत देशभरका शिवालयमा शतबीज छर्नेकाे घुइँचो लागेको छ ।
मंसिर त्रयोदशीको दिन दीप प्रज्वलन गरी रातभरी जाग्राम बसी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सोमबार बालाचर्तुदशीको दिन शतबीज छर्ने गरिन्छ ।
शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ । वर्षभरि दिवङ्गत भएका आफन्तका आत्माको चिरशान्तिको कामना गर्दै शतबीज छर्ने चलन छ । तस्बिरहरू…