ललितपुरमा अभियन्ता ईःको प्रदर्शन, स्थानीयले गरे अवरोध
काठमाडौं, २६ मंसिर । फुटपाथ व्यवसाय गर्न नदिने ललितपुर महानगरको निर्णयविरुद्ध प्रदर्शनमा उत्रिएका अभियन्ता ईः लाई स्थानीयले अवरोध गरेका छन् ।
ललितपुर महानगरको निर्णयविरुद्ध १०८ मिनेट उभिने भन्दै मंगलबार महानगर कार्यायलअघि प्रर्दशनमा उभिएका ईः माथि स्थानीयले अवरोध गरेका छन् ।
स्थानीय आक्रोसित भएर उनीमाथि हातपात गरेपछि प्रहरीले ईः लाई प्रहरी प्रभाग पुल्चोकमा लगेको छ ।
ललितपुर महानगरपालिकाले मंगलबजार–लगनखेल क्षेत्रलाई ‘फुटपाथ पसल निषेधित क्षेत्र’ तोकेको थियो। स्थानीय महानगरको उक्त निर्णयको पक्षमा देखिएका छन् ।