गृह मन्त्रालयले तोक्यो हड्ताल गर्न नपाइने २५ क्षेत्र

काठमाडाैं, २९ मंसिर । गृह मन्त्रालयले हड्ताल गर्न नपाइने क्षेत्रहरू तोकेको छ । मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै हड्ताल निषेधित क्षेत्रको सूची सार्वजनिक गरेको हो।

मन्त्रालयले आवश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार हडताल निषेधित क्षेत्र तय गरिएको जनाएको छ।

राजतन्त्रमा प्रकाशित सूचना अनुसार डाँक तार टेलिफोन सेवा, जल स्थल वा हवाइमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा, हवाई अड्डा वा हवाइजहाजको देखभाल, त्यसको सञ्चालन र मर्ममत गर्ने कामसँग सम्बन्धित सेवामा हड्ताल गर्न पाइँदैन।

यस्तै सरकारले सञ्चार, प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा, पर्यटन अवास, मोटेल, होटेल रेष्टुराँ र रिसोर्टसम्बन्धी सेवा, आन्तरिक सुरक्षा, हतियार खरखजना वा अरू कुनै सैनिक सरसामान उत्पादन र वितरणसम्बन्धी कामका क्षेत्रमा पनि हड्ताल गर्न नपाइने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *