कोशीमा पहिचान पक्षधरकाे बन्द आह्वान, थप ६ जना पक्राउ
विराटनगर, ३० मंसिर । कोशीमा पहिचान पक्षधरले गरेकाे बन्दका कारण कोशी प्रदेशको पहाडी जिल्लामा यातायात अवरुद्ध भएको छ ।
प्रहरीले झापा र सुनसरीमा यातायात बन्द गराउँदै हिंडेका थप ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरानबाट पाँच जना र झापाको केरखाबाट एक जनालाई पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।
यसअघि पक्राउ परेको नेता कार्यकर्तालाई छाड्न माग गर्दै पहिचान पक्षधरले बन्द आह्वान गरेका थिए । बन्दको प्रभाव सामान्य रहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।
२६ मंसिरमा कोशी प्रदेश प्रवेश गरेको नेकपा एमालेको संकल्प यात्राको टोलीलाई रोक्न खोज्ने ४१ जना पहिचान पक्षधर कार्यकर्ता पक्राउ परेका थिए । तीमध्ये ९ जनालाई छाडेको प्रहरीले जनाएकाे छ भने ३२ जनालाई अभद्र व्यवहार मुद्दामा म्याद थप हिरासतमा राखिएको छ ।