सर्वोच्चको न्यायाधीशमा सिफारिस ६ जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन

काठमाडाैं, ४ पुस । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनुभएका छ जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ।

समितिको बुधबार बसेको बैठकले न्यायाधीशमा सिफारिस हुनुभएकाहरूको नाम अनुमोदन गरेको हो।

न्यायपरिषदले गत मंसिर ५ गते सर्वोच्च अदालतका छ जना न्यायाधीश सिफारिस गरेको थियो। त्यसपछि सिफारिस हुनुभएकाहरूको संसदीय सुनुवाइ भएको थियो।

न्यायाधीश सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान, बालकृष्ण ढकाल र सुनिल पोखरेललाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तका लागि सिफारिस भएको थियो।

संसदीय सुनुवाइ समितिबाट उहाँहरूको नाम बुधबार अनुमोदन भएको समितिका सदस्य नेकपा एमालेका सांसद लिलानाथ श्रेष्ठले जानकारी दिए। गत शुक्रबारदेखि उनीहरूको सुनुवाइ गरिएको थियो।

सर्वोच्च अदालतमा सात जना न्यायाधीशको पद रिक्त भएकोमा छ जनाको नाम सिफारिस भएको थियो।