नेकपा एमालेकाे ‘सम्मृद्धिका लागि संकल्प यात्रा’ : आज विशेष पत्रकार सम्मेलन गर्दै
काठमाडौं, ८ पुस । नेकपा एमालेकाे ‘सम्मृद्धिका लागि संकल्प यात्रा’ विशेष पत्रकार सम्मेलन आज आयोजना हुँदैछ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पुस ८ गते आजको विशेष पत्रकार सम्मेलन आयोजना गर्नुभएकाे हाे ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आज दिउँसो १ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा पत्रकार सम्मेलनको आयोजना गरिने जानकारी दिनुभयाे ।
एमालेले गत मंसिर १४ देखि पुस १ गतेसम्म बैतडीको झुलाघाटदेखि पाँचथरको झुलाभञ्ज्याङसम्म ‘सम्मृद्धिका लागि संकल्प यात्रा’ गरेको थियो।
सोही यात्राका क्रममा बटुलेका अनुभव, समीक्षा र सन्देशका बारेमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्न अध्यक्ष ओलीसहितका केन्द्रीय पदाधिकारीको उपस्थितिमा विशेष पत्रकार सम्मेलन आयोजना गरिने एमालेले जनाएको छ।