बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला, सेनाले निस्किृय गर्दै

बाँके, १२ पुस । बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला परेको छ । मध्यवर्ती क्षेत्रमा पर्ने राप्ति सोनारी गाउँपालिका–२ स्थित खैरिखोला सुरक्षा पोष्ट नजिकै आज उक्त सकेट बम फेला परेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार बाँके निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणको टोलीले गस्ती गर्ने क्रममा उक्त सकेट बम फेला पारेको हो ।

खैरीखोलाबाट तीन किलोमिटर दक्षिणतर्फ तथा राप्ती नदीबाट झण्डै पाँच सय मिटर उत्तरतर्फ उक्त सकेट बम फेला परेको नेपाली सेनाकाे टोलीले जनाएकाे छ ।

अहिले नेपाली सेनाको डिस्पोजल टोलीले बम निस्किृय पारिरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।