जिल्ला अदालतबाट हतकडीसहित भागेका थुनुवा दुवाकोटबाट पक्राउ

काठमाडौं, १९ पुस । जिल्ला अदालत काठमाडौं परिसरबाट हतकडीसहित भागेका थुनुवा दुवाकोटबाट पक्राउ परेका छन् ।

बुधबार जिल्ला अदालत काठमाडौं परिसरबाट फरार भएका विमल खड्कालाई आज बिहान दुवाकोटबाट पक्राउ गरिएको हाे ।

प्रहरी वृत्त, स्वयम्भुले खड्कालाई डलर देखाएर लुटपाट गरेको आरोपमा पक्राउ गरेको थियो । सो मुद्दामा कारागार चलान भएका खड्कालाई महाराजगञ्ज प्रहरीमा परेको अर्को मुद्दाको सिलसिलामा प्रहरीले अदालत लगेको थियो । त्यही बेला प्रहरीको आँखा छलेर उनी फरार भएका थिए ।

उनलाई आज बिहान दुवाकोटबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसरले जनाएकाे छ ।