एकैपटक ४ हजार ९२ जना प्रहरी सहायक हवलदारहरूको सरूवा (सूचीसहित)
![police headquatar](https://maitrinews.com/wp-content/uploads/2023/12/police-headquatar.jpg)
काठमाडाैं, २० पुस । नेपाल प्रहरीका ४ हजार ९२ जना प्रहरी सहायक हवलदारको एकैपटक सरूवा भएको छ।
प्रहरी प्रधान कार्यालयले आवश्यकता र प्रक्रिया अनुसार सरूवा गर्ने भएकाले विभिन्न कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदारलाई अन्यत्र सरूवा गरिएको जनाएको छ।
सरूवा भएका प्रहरी सहायक हवलदारहरूले माघ महिना देखिको तलब भत्ता सरूवा भएको दरबन्दीबाटै पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सरूवा कार्यान्वयन गर्न र गराउन सम्बन्धित कार्यालयलाई निर्देशन दिएको छ।