एमालेमा ६ केन्द्रीय सदस्य मनोनित

काठमाडौं, २० पुस । नेकपा (एमाले) ले ६ जना केन्द्रीय थप गरेको छ । आज बसेको सचिवालय बैठकले प्रदेश अध्यक्षबाट बिदा भएका पाँचसहित ६ जनालाई केन्द्रीय सदस्यमा थप गरेको हो ।

एमाले महासचिव शंकर पोखरेलका अनुसार कोशी प्रदेशबाट तुलसीप्रसाद न्यौपाने, बागमतीबाट केशवराज पाण्डे, कर्णालीका विनोद शाह, मधेशका रामअवतार यादव, सुदूरपश्चिमका दामोदर भण्डारी केन्द्रीय सदस्यमा मनोनित हुनुभएको हो ।

त्यसैगरी झापाका जिल्ला अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ । प्रदेश अधिवेशनबाट अध्यक्षमा उम्मेवार बन्नुभएका कोशीका विनोद ढकाल, वागमतिका कृष्ण दाहाल, गण्डकीका मायानाथ अधिकारी र लुम्बिनीका हरि रिजालको केन्द्रीय सदस्य पद स्वतः रिक्त भएको थियो ।