नपढेकाे भन्दै ४ वर्षीया छोरीलाई यातना दिने बाबु प्रक्राउ

काठमाडाैं, २२ पुस । नपढेको भन्दै ४ वर्षीय छोरीलाई यातना दिएको आरोपमा प्रहरीले एक पुरूषलाई पक्राउ गरेकाे छ ।
महोत्तरी एकडारा गाउँपालिका-३ घर भई हेटौंडा उपमहानगरपालिका-५ बस्ने रामजी मण्डललाई शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिइएको हो।
मण्डलले ४ वर्षीया छोरीलाई नपढेको भन्दै पेन्सिलले कानमा घोचिदिने, हात र कानमा टोकिदिएर घाउ बनाएको छिमेकीकाे आरोप छ।
बालिकामाथि यातना दिएको छिमेकीले देखेर प्रहरीलाई जानकारी गराएपछि मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको जनाएकाे छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।