दूरसञ्चार प्राधिकरणका अध्यक्षले दिए राजीनामा
काठमाडौं,२४ पुस । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् ।
प्राधिकरणकाे एमडीएमएस, टेरामक्सलगायतका अर्बौंका परियोजनामा भ्रष्टाचार गरेकोमा छानबिन भइरहेको बेला उनले राजीनामा दिएका हुन् ।
उनीमाथि प्राधिकरणले गर्ने विभिन्न खरिद तथा उपकरण जडानमा अनियमितता गरेको आरोपमा मन्त्रालय, अख्तियार र संसदीय समितिले छानबिन गरिरहेका छन् ।
खनालले मंगलबार सञ्चारमन्त्री रेखा शर्मासमक्ष बुधबारदेखि लागू हुने गरी राजीनामापत्र बुझाएको मन्त्रालय स्रोतले जनाएकाे छ ।
प्राधिकरण स्रोतका अनुसार उनी आजैबाट बिदाबारी भएर हिँडेका छन् । खनालको कार्यकाल आगामी साउन पहिलो सातासम्म थियो ।