सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

काठमाडौं, २५ पुस । बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले ८ वर्ष कैद सजाय सुनाएको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेशसहित ८ वर्ष कैद सजाय सुनाएको हाे ।

अदालतले सन्दीपलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (ङ) बमोजिम ८ वर्ष कैद सजाय तोकेको हो । साथै अदालतले उनलाई तीन लाख रुपैयाँ जरिवाना तोकेको छ भने पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ ।

उनले गौशाला २६ घटनाका बेलामा बालिग भइसकेको ठहर गरेका छन् । सजाय निर्धारण भएपछि जिल्ला अदालतले अब फैसलाको पूर्णपाठ तयार गर्नेछ । मुद्दाका पक्षहरुले पूर्णपाठ बुझेपछि चित्त नबुझे उच्च अदालत पाटनमा पुनरावेदन दिन पाउँछन् ।

१३ पुसमा जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । तीन वर्षभन्दा भन्दा बढी कैद सजाय हुने कसुरमा सजाय निर्धारणका लागि छुट्टै इजलास बस्नुपर्ने कानुनी व्यवस्था अनुसार बुधबारको मिति तोकिएको थियो ।