शीतलहरले तराईको जनजीवन कष्टकर बन्दै : दाउराकाे व्यवस्थापन गर्न वातावरण मन्त्रालयकाे निर्देशन
कैलाली, २६ पुस । सुदूरपश्चिमका कैलाली, कञ्चनपुरसहितका जिल्लामा शीतलहरसँगै बढेको चिसोले जनजीवन कष्टकर बनेको छ ।
लगातारको हुस्सु, कुहिरो र जाडोले जनजीवन कष्टकर बनेको हो । विशेषगरी चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउनेहरू बढी प्रभावित भएका छन् ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चिसो बढेपछि सार्वजनिकस्थलमा आगो ताप्न चाहने सर्वसाधारणका लागि दाउराको व्यवस्थापन गर्न मातहतका वन कार्यालयलाई निर्देशन दिएको छ ।