गौशाला २६ को पहिचान खुलाउनेविरुद्ध साइबर ब्युरोले थाल्याे छानबिन

काठमाडौं, २६ पुस । सन्दीप लामिछाने बलात्कारको कसुरमा दोषी ठहर भएपछि पीडित गौशाला २६ को तस्बिर तथा नाम सार्वजनिक गर्नेहरुविरुद्ध प्रहरीको साइबर ब्युरोले अनुसन्धान शुरु गरेको छ ।

पहिचान खुलाउनेविरूद्ध उजुरी परेपछि ब्युरोले अनुसन्धान शुरु गरेको हो । काठमाडौं जिल्ला अदालतले लामिछानेलाई बुधबार ८ वर्ष वर्ष जेल सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउने फैसला सुनाएको थियो ।

त्यसपछि सामाजिक सञ्जालमा गौशाला २६ का तस्बिरहरु सार्वजनिक भएका थिए । साइबर ब्युरोमा दुईवटा कसुरमा अनुसन्धानको माग गर्दै ६ वटा सामाजिक सञ्जालका पेजको नाम उल्लेख गर्दै उजुरी परेको छ ।