राप्ती नदीमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, आठजनाको सनाखत

काठमाडाैं, २८ पुस । दाङको भालुवाङस्थित राप्ती पुलबाट यात्रुबाहक बस नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ ।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक रात्री बस पुलबाट राप्ती नदीमा खसेको हो । बस शुक्रबार राति साढे १० बजेतिर बस पुलबाट राप्ती नदीमा खसेको थियो ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार गए राति पौने १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो ।

मृत्यु हुनेमा काठमाण्डौ चन्द्रगिरी नगरपालिका वडा नम्बर १५ निवासी ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेश अतिकुल्ला खैरे निवासी ३१ वर्षीय मुने, जुम्ला निवासी ४० वर्षीय मुन बहादुर रावत, बाँके निवासी ३० वर्षीय रामवर्ण हरिजन, रुकुम गोतामकोट वडा नम्बर ९ निवासी दीपक कामी, भारत विहार अरेराज पुर्वी चम्पारण निवासी ६७ वर्षीय योगेन्द्र राम बाँके नेपालगन्ज उपमहानगरपालिका निवासी ६० वर्षीय कुसुम बस्नेत र मकवानपुर हेटौंडा निवासी ३९ वर्षीय सौरभ विष्ट रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ ।

अन्य चार जनाको सनाखत हुन बाँकी रहेकाे दाङ पुहरीले जनाएकाे छ । शव लमहीस्थित अस्पतालमा पठाईएको छ भने २३ जनालाई उपचारका लागि बुटवल र नेपालगञ्ज रिफर गरिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *