मकवानपुरबाट ५ किलो अवैध गाँजासहित एक जना पक्राउ
मकवानपुर, १ माघ । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट ५ किलो अवैध लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका-१० बस्ने १९ वर्षीय ईन्ताज आलम रहेकाे प्रहरीले जनाएकाे छ ।
उनलाई प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले आइतबार बिहान क्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
