काठमाडौंकै विभिन्न स्थानमा नक्कली मदिराको कारखाना, ९ जनाकाे गिराेह पक्राउ

काठमाडौं, ३ माघ । काठमाडौंका विभिन्न स्थानमा नक्कली मदिराको कारखाना र गोदाम राखेकाे भेटिएपछि प्रहरीले ९ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

स्वदेशी तथा विदेशी ब्रान्डका नक्कली मदिरा उत्पादनदेखि बिक्री वितरणमा संलग्न गिरोहलाई प्रहरीले आज सार्वजनिक गरेको हाे ।

पक्राउ पर्नेमा रामेछाप, खाँडादेबी गाउँपालिका वडा नं २ हाल मुलपानी बस्ने २८ वर्षीय मनोज खत्री, कोटेश्वर बस्ने ३६ वर्षीय बिनोद कुमार कार्की, सिन्धुपाल्चोक, चौतारा नगरपालिका वडा नं ३ का हाल मुलपानी बस्ने २७ वर्षीय मोहन खड्का, १८ वर्षीय रोशन कार्की, सिन्धुली, कमलामाई नगरपालिका वडा नं ९ का मुलपानी बस्ने २८ वर्षीय गौरव तामाङ, कोटेश्वर बस्ने ४० वर्षीय लेख ब्रिकम थापा, रामेछाप, मजुवा गाउँपालिका,३ का मुलपानी बस्ने २३ वर्षीय महेश खत्री, खाँडादेवी नगरपालिकाका २० वर्षीय मनिश खत्री र काठमाडौं कागेश्वरी मनोहरा वडा नं ६ मुलपानीका ३५ वर्षीय सुमन नगरकोटी रहेका छन् ।

काठमाडौं उपत्यकामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहिन नक्कली मदिराहरू उत्पादन गरी कालो बजारी भइरहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको बिशेष अनुसन्धान टोलीले बुधबारकागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ थलि स्थित भरत थापाको २ तल्ले पक्की घरमा बिनोद कुमार कार्कीले भाडामा लिई बसेको कोठामा खानतलासी गर्दा नक्कली रक्सीहरु बरामद गरेको हो ।

साथै मदिरा बनाउन प्रयोग गर्ने समानहरु, सगुन ब्राण्डको मदिरा पदार्थ, चिनी, पानी मिश्रीत तरल पदार्थ, विभिन्न रक्सीहरूको खाली बोतल, आन्तरिक राजश्व बिभागको अन्त शुल्कको स्टिकरहरु, लेवलिङ एवं प्याकेजिङ गर्न प्रयोग गरिने सामानहरु लगायत अन्य विभिन्न सामाग्रीहरू बरामद गरी बिनोद कार्की समेतका ९ जनालाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, काठमाण्डौ पठाइएको र थप अनुसन्धान कार्य जारी रहेको कार्यालयले जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *