राजश्व छलेको अभियोगमा नगद दुई करोडसहित अग्रवाल पक्राउ

काठमाडौं, ५ माघ । राजस्व अनुसन्धान विभागले राजश्व छली गरेको अभियोगमा नरेश अग्रवाललाई पक्राउ गरेको छ। उनी कपडा व्यापारी पनि रहेकाे खुलेकाे छ ।

विभागको टोलीले बिहीबार राति क्षेत्रपाटीस्थित उनको निवासमा छापा मारी २ करोड नगदसहित उनलाई पक्राउ गरेको हो।

उनीमाथि हुन्डी र सुन कारोबार गरी राजश्व छली गरेको आरोप छ। अग्रवालको साथबाट २ हजार अमेरिकी डलर पनि बरामद भएको विभागले जनाएको छ।

अग्रवाल सुन र हुन्डी कारोबारमा संलग्न भएको विषयमा थप अनुसन्धान भइरहको विभागले जनाएकाे छ ।

विभागको टोलीले अवैध धन्दामा लागेको आशंकामा अग्रवाललाई लामो समयदेखि निगरानीमा राखिएको थियो। उनी क्रिप्टोकरेन्सीमा समेत संलग्न रहेको विभागको अनुमान छ।