विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ

काठमाडौं, ७ माघ । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार आधा किलो सुनसहित पक्राउ पर्नेमा झापाका खगेन्द्र दर्जी रहेका छन् । उनकाे साथबाट प्रहरीले ४९९ ग्राम सुन बरामद गरेकाे छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख टोकराज पाण्डेले दोहा हुँदै काठमाडौं आएका दर्जीलाई चेकजाँचको क्रममा ४९९ ग्राम सुनसहित पक्राउ गरिएको जानकारी दिनुभयाे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे भन्सारमा अहिले सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।