ललितपुरमा मृत भेटिएकी जर्मन नागरिककाे मृत्यु शंकास्पद

काठमाडौँ । ललितपुर महानगरपालिका-१६ नागबहालस्थित ग्रीनतारा हेरिटेज अपार्टमेन्टमा मृत अवस्थामा भेटिएकी जर्मन महिलाको मृत्यु शंकास्पद देखिएको छ ।
पार्टमेन्टकाे कोठामा लडिरहेको अवस्थामा अन्दाजी ५५ वर्षकी एडेलहैड सेनेकेनबर्गर मृत भेटिएको ललितपुर प्रहरी प्रवक्ता नवराज कार्कीले जानकारी दिनुभयाे ।
राजभाई बज्राचार्यको ग्रिनतारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा उनी मृत अवस्थामा फेला परेकी हुन् ।अहिले
फरेन्सिकको टोली ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएकाे छ ।