घुससहित पक्राउ परेका नागरिक उड्डयन मन्त्रालयका उपसचिव दोषी ठहर
काठमाडौं, १९ माघ । घुससहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल दोषी ठहर भएका छन् ।
विशेष अदालतका न्यायधीहरु टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई दोषी ठहर गर्दै १ वर्ष कैद र ६ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको हो ।
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तरका गोल्ड मेडलिष्ट रहेका नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ साउनमा काठमाडौंबाट ६ लाख घुस र उनी चढेको गाडीबाट थप साढे १६ लाखसहित पक्राउ गरेको थियो । यही प्रकरणमा पक्राउ परेका हरिभक्त श्रेष्ठलाई भने अदालतले सफाइ दिएको थियाे ।
पर्यटन मन्त्रालयका उपसचिव रहेका नेपालले प्याराग्लाइडिङ सेवा सञ्चालनका लागि अनुमतिपत्र लिन आवेदन दिएका व्यवसायीबाट घुस लिएका थिए ।