काठमाडौंको ठमेलमा चिनियाँ नागरिक मृत फेला

काठमाडौं, २१ माघ । काठमाडौंको ठमेलमा एक जना चिनियाँ नागरिक मृत फेला परेका छन् ।
ठमेल क्वाबहालस्थित नेपालय होम होस्टल बस्ने चिनियाँ नागरिक ४७ वर्षीय बाओ ग्वाङ मृत अवस्थामा फेला परेको हाे ।
प्रहरीका अनुसार, १० माघदेखि उनी नेपालय होम होस्टलमा बस्दै आएका थिए । शनिबार मृत अवस्थामा फेला परेपछि होस्टलका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ । पोष्टमार्टम प्रतिवेदनबाट उनको मृत्युको कारण खुल्ने प्रहरीले जनाएकाे छ ।