भारतमा शिवसेना नेताको गोली हानी हत्या

काठमाडौं, २६ माघ । भारतमा शिवसेनाका नेता एवम् पूर्वपार्षद अभिषेक घोषालकरको गोली हानेर हत्या गरिएकाे छ ।
फेसबुक भिडियो लाइभमा कुराकानी गरिरहेका बेला नेता अभिषेकमाथि उनकै साथी मोरिसले गोली हानेका हुन् ।
अभिषेकलाई गोली हानेपछि मोरिसले पनि आफुले आफैंलाई गोली हानेर आत्महत्या गरेको भारतीय मिडियाहरुले जनाएका छन् ।
भारतीय मिडियाहरुका अनुसार अभिषेक र मोरिस साथी–साथी भएकाे र उनीहरुबीच केही दिन अघि विवाद भएको थियो । हत्याको कारण आपसी विवाद नै हुनसक्ने अनुमान गरिएको छ ।
अभिषेकलाई उनकै साथी मोरिसले आफ्नो अफिसमा बोलाएर गोली हानेका र त्यसपछि मोरिसले पनि आफैंमाथि गोली चलाएर आत्महत्या गरेको भारतीय मिडियाले जनाएको छ ।
अभिषेकमाथि गोली लागेको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल छ ।