‘बोक्सी’ को आरोपमा महिलालाई मलमूत्र खुवाइयो, झाँक्री पक्राउ

विराटनगर, ४ फागुन । ‘बोक्सी’ को आरोपमा मोरङको बूढीगंगा गाउँपालिका-७ मा एक महिलालाई मलमूत्र खुवाइएको छ ।

बोक्सीको आरोपमा मलमूत्र खुवाउने धामी झाँक्रीको काम गर्दे आएकी बूढीगंगा–७ की ५० वर्षीया पारो माझी लाई प्रहरीले पक्राउ गरेको हाे।

५५ वर्षीया महिलालाई कुटपिट गर्दै उनलाई मलमूत्र खुवाएर दुर्व्यवहार गरिएको मोरङ प्रहरीले बताएको छ ।

जिप्रका मोरङका डीएसपी रञ्जनकुमार दाहालले पीडितले किटानी जाहेरी दिएकाले झाँक्री माझीलाई बिहीबार साँझ पक्राउ गरिएको बताए ।

बिहीबार माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएको थियो । हराएको दियो जोखाना हेर्दा पीडितले चोरेको भन्दै माझीले कुटपिट गर्दै बोक्सीको आरोप लगाएर मलमूत्र खुवाएकी थिइन् । डीएसपी दाहालका अनुसार उक्त घटना अनुसन्धान गरी मुद्दा प्रक्रिया अघि बढाइने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *