अवैध लागूऔषधसहित नौ जना पक्राउ

कास्की, ६ फागुन । पोखरा महानगरपालिका-१९ भुनपुरेबाट अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्याङजा पुतलीबजार नगरपालिका-८ घर भई पोखरा महानगरपालिका-६ लेकसाईड बस्ने ३१ वर्षीय सुनिल दर्जी रहेका छन् ।
उनकाे साथबाट प्रहरीले अवैध लागूऔषध गाँजा १ किलो ५ ग्राम बरामद गरेकाे छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले ग.२१ प ५४५४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक दर्जीलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।