बलम्बुमा गाेली चल्दा प्रहरी निरीक्षककाे सुरक्षा गार्ड घाइते

काठमाडौँ, ६ फागुन । ललितपुरस्थित बलम्बुमा गाेली चलेकाे छ ।

प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठले बोकेको पेस्तोलबाट गोली चलेको हाे । डिउटी सकेर पेस्तोल बुझाउने क्रममा एकाएक बलम्बु प्रहरी प्रभागभित्रै गोली चलेको प्रहरीले जनाएकाे छ ।

गोली चल्दा प्रहरीले इन्स्पेक्टर श्रेष्ठको निजी सुरक्षा गार्डलाई खुट्टामा गोली लागेको छ ।

प्रहरीले इन्स्पेक्टर श्रेष्ठलाई तत्काल नियन्त्रणमा लिएको छ भने घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएकाे छ । प्रहरीले उक्त घटनाबारे अनुसन्धान गरिरहेकाे छ ।