३६ पृष्ठमा गगनको गुनासोः अरुको झण्डा वोक्दा लोकप्रिय मतमा ७ प्रतिशतले गिरावट

काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा जारी छ । ७ गतेबाट जारी बैठकमा हिजो मंगलबार चारवटा प्रतिवेदन प्रस्ताव भएका छन् । दुई उपसभापति र दुई महामन्त्रीले फरक–फरक प्रस्ताव बैठकमा प्रस्तुत गरेका छन् ।

महामन्त्री गगनकुमार थापाले ३६ पृष्ठ लामो सांगठनिक प्रस्ताव पेश गर्नुभएको छ । तपाईँहरुको साथी गगनकुमार थापा भन्दै प्रस्तुत गरेको प्रस्तावमा उहाँले बिपीदेखि महेन्द्रनारायण निधीसम्मलाई सम्झदैँ पार्टीलाई अरुको टेकोमा होइन आफैँ उभिँन सक्ने बनाउनु पर्नेमा जोड दिनुभएको छ ।

उहाँले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीका पालामा प्रतिनिधिसभा विघटन गरेपछि एउटा विशिष्ट परिस्थितिमा संविधान र लोकतान्त्रिक प्रणालीको रक्षाका लागि नेपाली कांग्रेसले पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै सरकारको जिम्मेवारी बहन गर्नुपरेको स्मरण गर्दै त्यसैलाई निरन्तरता दिने कुराप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । ‘त्यसकै निरन्तरता स्वरुप पार्टीले लोकतन्त्र र संविधानको रक्षार्थ र स्थीरताका लागि निर्वाचनमा गठबन्धन गर्ने निर्णय गर्यो ।

निर्वाचनमा अंकगणितका हिसावले कांग्रेस ठूलो पार्टी त बन्यो,’ उहाँले भन्नुभएको छ, ‘तर, यो अनुभवले हामीलाई सिककाएको छ । निर्वाचनपूर्व गठबन्धन गर्दा पार्टीले एक्लै चुनाव लड्दा जस्तो कार्यकर्तामा विजयको भाव र उत्साह नआउने रहेछ ।’

तीनै तहको निर्वाचनमा कतिपय स्थानमा आफ्नो अवस्था प्रकट गर्ने रुख चिन्ह नै नहुँदा कांग्रेसजनले आजपर्यन्त आफ्नो गुनासो व्यक्त गरिरहेको पनि उहाँले उल्लेख गर्नुभएको छ ।

‘संघ र प्रदेशको निर्वाचनको तथ्याङ्क हेर्दा गठबन्धनका कारण ७४ प्रतिनिधि सभा क्षेत्रमा नेपाली कांग्रेसले आफ्नो उम्मेदवारलाई मत राख्न पाएनन् भने २१ वटा संघीय क्षेत्रका एउटा पनि प्रदेश क्षेत्रमा आफना्े पार्टीलाई प्रत्यक्ष मत राख्न पाएनन्,’ उहाँले भन्नुभएको छ, ‘ ४८ वटा प्रतिनिधिसभा क्षेत्रका कांग्रेसका प्रत्यक्ष उम्मेदवार नै थिएनन् । समग्र ६२ प्रदेशसभा क्षेत्रका मतदाताले प्रतिनिधिसभा र प्रदेशसभामा हाम्रो निर्वाचन चिन्ह रुखमा मत राख्न पाएनन् । त्यस्तै १७ वटा क्षेत्रमा दुबै प्रदेशसभामा त कांग्रेसले रुखमा मत राख्न पाए तर प्रतिनिधिसभामा पाएनन् ।’

त्यसले एकातर्फ कांग्रेसका क्रियाशील सदस्यले आफ्नो चिन्हमा मत हाल्न नपाएको र अर्कोतर्फ अन्य दलको निर्वाचन चिन्ह र झण्डा बोकेर मत माग्न हिँड्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको पीडा पनि उहाँले उल्लेख गर्नुभएको छ ।

‘पार्टीको आफ्नो उम्मेदवार नहुँदा संगठन भित्र आकांक्षीको व्यवस्थापन त कठिन भयो नै पार्टी भित्रको उर्जामा समेत गिरावट आयो । जसले गर्दा निर्वाचनमा संख्यात्मक रुपमा पार्टी पहिलो दल भए पनि लोकप्रिय मत घट्ने अवस्था भयो,’ उहाँले भन्नुभएको छ, ‘२०७४ बाट २०७९ को आम चुनावसम्म आइपुग्दा प्रतिनिधि सभा चुनावमा हाम्रो लोकप्रिय मतको हिस्सामा ७ प्रतिशतले गिरावट आएको छ । यो गुमेको मतलाई पार्टीमा पुनः जोड्दा नयाँ मतदातालाई आकर्षित गर्नुपर्ने चुनौति छ ।’

महेन्द्रनारायण निधि र बिपीको सम्झना

महामन्त्री थापाले आफ्नो प्रस्तावमा महेन्द्रनाराय निदिेखि बिपीसम्मको सम्झना गर्नुभएको छ । ‘२०५१ सालमा सम्पन्न महासमितिको बैठकमा महामन्त्री महेन्द्रनारायण निधीद्वार प्रस्तुत प्रतिवेदनमा भनिएको छ । सरकार र पार्टी विचको समन्वय गर्ने कुरा जतिसुकै सैदान्तिक तवरबाट हामीले गरे पनि त्यसमा सधैँ कमी नै देखियो,’ उहाँले भन्नुभएको छ, ‘अब यसलाई व्यवस्थिति गर्नुपनरेको छ । ताकि भोलि यो अवस्था नओस् आज करी ३० वर्ष पछि पनि हामीले त्यति विषयमा छलफल गर्नु परेको छ र यो हाम्रा लागि झन पेचिलो बन्दै गएको छ ।’

थपाले बिपीको सम्झना गर्दै पार्टीमा देखिएका कमजोरीबारे केलाउने प्रयास प्रस्तावमा गर्नुभएको छ । ‘बिपी कोइरालाले भन्नुभएको थियो । पार्टीको संगठन ठिक पार्ने हो भने हामी सबैले पूर्णरुपमा विधानको पालना गर्ने बानी गर्नुपर्दछ । पार्टीका दैनिक जीवनका कार्य सूचारु रुपले सम्पन्न भैरहेको हुनुपर्छ,’ थापाले भन्नुभएको छ, ‘पार्टीको हरेक विषयको निर्णय व्यवस्थापन, कार्यान्वयन र निरुपण गर्ने आधार पार्टी विधान नै हुनुपर्छ । हामे पाटी विधानले सबै तह र तप्कालाई स्पष्ट समयबद्ध जिम्मेवारी दिएको छ । तर, अहिले पार्टी सञ्चालन गर्दा हरेक तह र तप्कामा विधानको पूर्ण पालना हुन सकेको छैन ।’

पार्टीको तल्लो तहसम्म कतिप ठाउँमा बैठक बस्न नसकेको, कतै सांगठनिक गतिविधि नियमित नभएको कुरालाई पनि उल्लेख गर्नुभएको छ । ‘कतै सदस्यतामा समस्या छ । त कतै पदाधिकारी मै समस्या छ । बहुममत भएकोले फरकमत राख्नेलाइृ व्यवास्ता गर्ने पराजितले जितेकोलाई असहयोग गर्ने प्रवृत्तिले अन्तः संगठकनलाई नै कमजोर बनाएको छ,’ उहाँले भन्नुभएको छ, ‘विधि सम्वत थिति र विधिमा पार्टी सञ्चालन कसरी गर्ने भन्ने विषय आजको हाम्रो ठूलो चुनौतिको रुपमारहेको छ ।’